अघिल्लो हप्ता सुधार देखिएको शेयरबजार फेरी घट्यो

अघिल्लो हप्ता सुधार देखिएको शेयरबजार फेरी घट्यो

अघिल्लो हप्ता केहि सुधार देखिएको शेयर बजारले फेरि पुरानै लय समातेको छ।  

साताको पहिलो दिन आइतबार नेप्से सूचकका साथै कारोबार रकममा गिरावट आएको छ । यस दिन नेप्से सूचक ४.९९ अंकले घटेर ११६२.४३ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स ०.९८ अंकले घटेर २५३.३९ बिन्दुमा झरेको छ।

अघिल्लो कारोबार दिन बिहीबार ५८ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा कारोबार रकम साढे १६ करोड रुपैयाँ भन्दा धेरैले घटेर ४२ करोड २४ लाख रुपैयाँमा झरेको छ।

आइतबार १८१ वटा कम्पनीको १५ लाख ५४ हजार कित्ता शेयर ६ हजार ४५० पटक कारोबार भएका छन्। कारोबारमा आएका १२ उपसमुहका सूचक मध्ये ४ वटा सकारात्मक देखिएका छन् भने बाँकी ८ वटाका सूचक नकारात्मक देखिएका छन्।