भेनेजुएली राष्ट्रपति मदुरो रूस जाँदै

भेनेजुएली राष्ट्रपति मदुरो रूस जाँदै

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न मंगलबार रूस जान लागेको जनाएका छन् ।

उनले भने “रूससँगको कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्ध सुदृढ तथा विस्तार गर्न हामी रूस जान लागेका हौं ।” मदुरोले ट्विटरमा पुटिनसँग आफ्नो धेरै महत्वपूर्ण बैठक हुने उल्लेख गरेका छन् ।

यसअघि मदुरोले सन् २०१७ मा आयोजित रसियन इनर्जी वीकका बेला रूस पुगेर पुटिनसँग भेटेका थिए ।

  अहिले मदुरोलाई अमेरिकी नेतृत्वको समूहले बलपूर्वक सत्ताच्युत गराउन खोजेको अवस्था हो । 

अमेरिकाले मदुरोका निकटका नेताहरूलाई बाहिर जान नपाउने गरी नाकाबन्दी थप कडा पारेको छ । 

मदुरो पत्नीसहित केही उच्च अधिकारीका साथ रूस जान लागेका हुन् ।