सभामुख पूर्व माओवादीबाटै :वर्षमान पुन
१६ पौष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समितिका सदस्य एवम् ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले पार्टी एकीकरणको प्रक्रिया अझै बाँकी रहेकाले मनोवैज्ञानिक हिसावले पनि सभामुख पद पूर्व माओवादी केन्द्रलाई दिनुपर्ने आफ्नो स्पष्ट अडान रहेको बताएका छन् ।
‘सिनियर महिला नेतृका हिसावले महिला सभामुख बनाउँदा पम्फा भुसाल, संसदलाई डिल गरिरहेको हिसावले अहिलेका प्रमुख सचेतक देव गुरुङ र सभामुख हुनुप¥यो भनेर हिंडेकाले अग्नि सापकोटामध्येबाटै बनाउनुपर्ने’ नेकपाका नेता वर्षमान पुनले झिल्कोलाई स्पष्ट पारे ।
नेता पुनले थप स्पष्ट पार्दै भने, ‘एकताको प्रक्रिया पूर्ण भई नसकेको र पृष्ठभूमि फरकफरक भएको, पहिला यो सिट साविक माओवादी केन्द्रको भागमा रहेकाले त्यतैबाट लगिनु अहिले सही हुन्छ ।’
प्रतिक्रिया