भारत र पाकिस्तानबीच बढ्दो तनावः पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बोलाए आपतकालीन वैठक

भारत र पाकिस्तानबीच बढ्दो तनावः पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बोलाए आपतकालीन वैठक

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाको आक्रमणपछि इस्लामाबादमा सर्वदीय आपतकालीन वैठक बोलाए । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैशीले सबै वरिस्ठ राजदूत, पूर्व सचिवहरु र सुरक्षा अधिकारीहरुसँग आज विहान भेटघाट गरेको समाचार छ । 

कुरैशीको भनाइलाई उद्धृत गर्दै एक पाकिस्तानी मिडियाले लेखेको छ, ‘पाकिस्तान शान्ति चाहन्छ तर भारतले सीमामा तनाव बढाइरहेको छ । भारतले हामीलाई कमजोर सम्झनु उसको भुल हो ।’ 

भारतको आक्रमणको यथोचित जवाफ दिन पाकिस्तानी सुरक्षाकर्मी सक्षम रहेको पनि उनको भनाइ रहेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतले एलओसी नियमको उल्लंघन गरेको स्वीकारेका छन् । उनको भनाइ अनुसार पाकिस्तानी वायु सेनाले प्रतिवाद गरेपछि भारतीय विमान फर्किएको उनले जानकारी दिएका छन् ।  

पाकिस्तानको प्रमुख पत्रिका द डनमा छापिएको खबर अनुसार बालाकोट प्रहरी प्रमुख सगीर हुसैन शाहको भनाइमा बालाकोटको जुन इलाकामा भारतले आक्रमण ग¥यो, त्यो मानवहीन मरुस्थल र जंगली इलाका हो /

भारतका विदेश सचिव वीके गोखलेले बालकोटस्थित जैश—ए—मोहम्मदको तीन अखडालाई भारतीय वायुसेनाले ध्वस्त बनाइदिएको छ । उनले सयौं आतंककारी मारिएको दावी गरेका छन् ।