‘जिनलाई फेरि बोतलमा बन्द गर ’
सन् २०१४मा, त्यतिखेरका उम्मेदवार नरेन्द्र मोदीले दिएको ‘अधिकतम् सुशासन न्यूनतम सरकार’(म्याक्सिमम गभर्नेन्स मिनिमम गभर्नमेन्ट)को नारा जनताका लागि उनीहरूको जीवनमा थोरै पनि गर्न नसक्ने भारत सरकारलाई अनुभव गरेका अधिकांश भारतीय मतदातासँग गुञ्जिएको थियो । जनतालाई प्रभावकारी ढंगले बिनाकुनै झन्झट राज्यले सेवा उपलब्ध गराउने विषयमा जोड दिने गरी थोरै सरकार र धेरै सुशासनबीचको अन्तर स्पस्ट गर्न यो भनेको देखिन्छ ।
यो विचारको चश्मा पहिरिएर नागरिकता संशोधन कानुन(सीएए) र नागरिकको राष्ट्रिय पञ्जिकरण(एनआरसी)सम्बन्धी विद्यमान बहसबारे सोचिरहनु मूल्यवान हुन्छ ।जुन मानिसहरूले सर्भेक्षण आँकडा संकलन गरिरहन आफ्नो जीवना खर्च गरेका छन् राहादानी (पासपोट) फर्ममा भर्ने विषयहरूबारे हामी मध्येका केहीका लागि करिब करिब स्वचालित वा उस्तै हुन्छन् त्यस्तै जवाफ सवालका लागि पाएको उत्तरदाताको जवाफबाट सर्वेक्षण गर्ने हामी बडो मुश्किलले विश्वस्त हुन्छौं ।
हामी पश्चिम बंगालको दक्षिणका २४ प्रगन्ना जिल्लामा बस्ने महिलालाई २० कुरो सोधिरहेको हामी स्मरण गरौं । “ यो गाउँमा हैन ” त्यहाँ एक दुई घन्टा टाढाको बाटोमा ” दक्षिण वा पूर्व तिर अस्पस्टरूपमा दर्शाइरहन्छ । यहाँ तपाईले कसरी टुंगोमा पुग्नु भयो ? मेरी आमा अर्को गाउँबाट आइन र उनी म जन्मेको ठाउँमा बिहे गरिन । त्यसपछि मेरा बाले अर्को पत्नी ल्याइन र हामीलाई फर्काइ दिए । म त्यतिखेर ६ वा ८ वर्षको थिए हुँला । हामी हाम्रा गाउँ फर्काइयौ तर मेरा मामाले स्वीकार गरेनन । अन्ततः यो गाउँकी एक महिलालाई यहाँ बस्न दिइन् । तपाईले हामीलाई त्यो गाउँको नाम भन्न सक्नु हुन्छ ? मेरी आमालाई थाहा थियो तर उहाँ बित्नु भयो ।” हामी त्यसलाई जन्मस्थानको ‘अज्ञात’ महलमा(ठीक ढंगले सम्झेर भनिरहँदा यो कोड ९९९९) राख्यौं ।
एनआरसीले यी महिलालाई उनको सही नागरिकता पहिचान स्थापित गर्न उनको जीवनका पर्याप्त विवरण उपलब्ध गराउन सक्नुपर्ने तर्क गर्छ । यदि तिनले त्यसो गर्न सक्दिनन भने त्यस्ता आप्रवासीका लागि सीएए छ तर त्यो हिन्दु, वा सिख र क्रिश्चियन, बौद्ध र जैनका लागि छ । तर मुसलमानका लागि छैन् । यस्ताले नागरिकता स्थापित गर्न नसकेमा उनीहरूलाई अपराधी मानिनेछ । विदेशी मानिनेछ । बलपूर्वक राज्यविहीन बनाइन्छ । वा केही अधिकारीहरूको सदभावको विषय बनाइन्छ जसले तिनको हैसियतलाई निर्णय गर्नेछ ।
अनि हामीले गरेको कार्यक्षेत्रबाट एक चीज सिकेका छौं जुन धेरै जोखिमपूर्ण जुवा हुन सक्छ । यो थोरै सरकार वा धेरै सुशासन हुँदैन् ।यो अधिकारीराजमा नागरिक जीवन बाँच्नका लागि आधारभूत प्रश्नहरूमा धमिलोपन सिर्जना गरिरहनु हुन्छ –तपाईले आफ्नो पूर्ण जीवन बिताएको देशमा तपाईलाई कसैले चाहँदैन चिन्दैन, तपाई को हो ? अनि यसकारण धेरै युवाहरू बिथोलिएका छन् ।
तर यहाँ सरकारले चिन्ता गर्नुपर्ने केही विषय छ । नागरिकतासम्बन्धी यो समग्र संवादमा आप्रवासीहरू एक समस्या भएर आएको देखिन्छ । आसाममा यो समस्याको समाधानका लागि यसका तर्किक निष्कर्ष सबै आप्रवासीहरू ,धर्मकाआधारमा होइन, एक समस्या हो । त्यसैले सीएए एक अभिशाप हो र विदेशीलाई पहिचान गर्न नसक्ने अलोकप्रिय एनआरसी हो ।
हामीले हाम्रो नयाँ पुस्तक‘गुड इकोनोमिक्स फर हार्ड टाइम्स’मा हामीले यस्तो विषय बनाएका छौं त्यो भनेको कम सीप भएका आर्थिक आप्रवासी विरूद्ध कुनै आर्थिक विषय बन्दैन् । सबै प्रमाणहरूले कम सीप भएका ठूलो आप्रवासनले अन्य कम सीप भएका आप्रवासीको आम्दानीमा फरक नपार्ने दर्शाउँछ । यो भागमा आर्थिक आप्रवासनहरू अवसरको भोकले प्रेरित हुन्छ र उनीहरूले स्थानीयलाई चाहिएको रोजगार लिन आएको भन्दा बढी अवसर उत्पन्न गराउँछ किन भने यस्ता आप्रवासीहरूले श्रम मात्रै बेच्दैन उनीहरूले भोजन पनि किन्छ र कपाल कटाउँछ र यो सबै उनीहरूको नयाँ आम्दानीबाट भइरहन्छ ।
वास्तविक आर्थिक चुनौत भनेको मध्यमवर्गका लागि हुन्छ जसले यो नयाँ समूहले स्थानीय सरकारको रोजगारको अन्तिम उपहारमा दाबी गर्ने चिन्ता गर्छ । तर यो कमजोर शासनको संकेतको रूपमा छ किनभने सरकारी रोजगारहरू आकस्मिकरूपमा आउँछ जुन अहिले २०१९मा रेलवेको न्यूनस्तरको ६३ हजार रोजगारका लागि १ करोड ९०लाख भारतीयले आवेदन दिएको जस्तो विषयले हामीलाई भन्नु पर्छ हामीले केही धेरै गलत ढंगले बुझिरहेका छौं ।
तर धेरै महत्वपूर्ण विषय भनेको स्थानीय मानिसहरूका लागि आर्थिक न्यायको सवाल हो हामीले यससँग अहिले जुधेनौ भने यो उदाउने छ र भारतको सन्दर्भमा भारतको हरेक ठाउँमा यो उदाइसकेको छ अझ बढी तथ्यगतरूपमा उदाइसकेको छ । बंगाली हिन्दु आप्रवासीका तमिल बोल्ने बालबालिकाहरूलाई चेन्नइको राज्य सरकारको रोजगारका लागि योग्य मानिन्छन् ? बिहारका मराठी बोल्ने बालबालिका जो महाराष्ट्रमा हुर्के उनीहरूको बारेमा कस्तो व्यवस्था छ ? जब तपाई नीजी क्षेत्रका राम्रो रोजगारका बारेमा चिन्ता गरिरहनु हुन्छ ? अनि किन राज्यका सीमामा रोक लगाउनु हुन्छ ? आप्रवासन बारेको पागलपन एक प्रकारको जिन्न वा भूत हो त्यसलाई सक्दो छिट्टो बोतलमा बन्द गर्नुपर्ने आवश्यकता छ ।
अनि सर्वोत्तम बाटो भनेको सभ्यताका ताराहरूको एक जननी भइरहने भारतीय दृष्टिकोणलाई अंकमाल गर्नुपर्ने छ ।लोकतान्त्रिक ,खुला, सहिष्णु र समावेशी चरित्रको हाम्रो राष्ट्रिय अभियानलाई मान्ने हरेकका लागि हामीले हाम्रा ढोका किन नखोल्ने ? पाकिस्तानमा सताइएका अहमदिया र श्रीलंकामा असहजतामा बाँचेका हिन्दु तमिलका लागि स्वागत गरी दक्षिण एसियाली मुसलमानहरूको मातृभूमिको रूपमा भारतमा स्वागत किन नगर्ने ? अनि हामी वास्तवमै विश्वको ध्रुवतारा हुनेछौ ।
(‘पुट जिनी ब्याक इ बोटल’ शीर्षकमा इन्डियन एक्सप्रेसमा प्रकाशित सन् २०१९का नोबेल पुरस्कारबाट सम्मानित अर्थशास्त्री अभिजित बनर्जी र एस्थर डुफ्लोको आलेखको अनौचारिक अनुवाद)
प्रतिक्रिया