प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टोलिफोन सम्बाद
काठमाण्डौ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ ।
बिहान टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको लागि निम्तो दिएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
'प्रधानमन्त्री श्री केपी शर्मा ओली र भारतीय समकक्षी श्री नरेन्द्र मोदीजीबीच आज बिहान १०ः३० बजे टेलिफोन संवाद भएको छ । उहाँहरूले आपसमा नयॉ बर्ष २०२० को शुभकामना आदान प्रदान गर्नुभएको छ।' सूर्य थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रधानमन्त्री ओली र मोदीबीच अंग्रेजी नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान भएको पनि थापाले उल्लेख गरेका छन्। दुई देशबीचको सम्बन्धलाई नयँ उचाइमा पुर्याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहने विषयमा टेलिफोन सम्बाद भएको जनाइएको छ ।
प्रतिक्रिया