हजुर के खाने ? गाँजा भाँग,कीरा फट्याङ्ग्रा की झोला ?
काठमाडौ । ट्वेन्टी ट्वेन्टीका आगामी दिनमा रेस्टरन्टमा मानिसहरूको खाना खाने संस्कृतिमा परिवर्तन ल्याउन सोधिनीमा “हजुर के खाने ?गाँजा भाँग, कीरा फट्याङ्ग्रा की झोला? ”भन्ने गरिने देखिएको छ । वातावरण संरक्षण र पोषण तत्व पु¥याउन मानिसहरूले आफ्नो खाना खाने संस्कारमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याइएको छ । आरटी अनलाइनका सांस्कृतिक सम्पादक मार्टिन एनडरू संश्लेषण गरे अनुसार कीराफट्याग्रा, झोला र झारपात खाने तयारी गर्दा वातावरण संरक्षणमा सहयोग पुग्नेछ ।
स्कटिश भान्सामा सर्वाधिक राम्रो खानाको विकल्पको रूपमा ‘ह्यागिज,नीप्स र टाटिज’लाई मान्ने गरिएकोमा विकास, नवपर्वतन र दीगोपनाले पाकशास्त्रमा संघर्ष उत्पन्न गराइदिएर ट्वेन्टी ट्वेन्टीमा अन्य योजनाहरूको प्रयोग हुने देखिएको उनले जनाएका छन् । मानिसले कीराफट्याङ्ग्रा खाने व्यवहार (इनटोमोफाजी) सम्बन्धी नयाँ प्रकाशन जीरो वेस्ट स्कटल्यान्डबाट प्रकाशित गरिए अनुसार भविष्यमा मानिसहरूको भोजन संस्कार यसरी फेरिन सक्ने जनाइएको छ ।
जेडडब्लुएसका जैव अर्थ विशेषज्ञ(बायो इकोनोमी स्पेसलिस्ट) डा. विलियम क्लार्क भन्छन्– “कम स्रोत साधानको प्रयोग गरी बढी भन्दा बढी भोजन उत्पादन गर्ने एक दीगो बाटो कीराफट्याग्राले दिनेछ । कीराफट्याग्राको खेतीले प्रोटिन खाडलको लगि एक विश्वसनीय,दीगो , चक्रीय अर्थतन्त्रीय समाधान उपलब्ध गराउँछ । यद्यपि विश्वले हरेक मानिसका लागि पर्याप्त भोजन उत्पादन गर्छ तर यसको एक तिहाइ नस्ट भएर जाने भएकाले मानिसहरूलाई आवश्यक प्राटिन प्राप्त हुँदैन् ।”
स्कटिश अर्थतन्त्रमा ५लाख टन कृषि भण्डारण हरेक वर्ष फालिन्छ र अध्ययन प्रतिवेदन अनुसार त्यसको मात्र १० प्रतिशतको उपयोग कीरा खेतीबाट करिब ६० लाख पाउन्डको उत्पादन गराउनेछ । जसले आफै खेती शुरू गर्न खोजेको छ उनीहरूका लागि राम्रो अवस्था छ त्यो भनेको भेडा वा गाई पाल्नेहरूबाट हुने प्रोटिनको भन्दा १ वर्षमा उत्पादन गरिएको कीराबाट १०० गुना बढी प्रोटिन प्राप्त हुनेछ र कीरा खेतीले उत्पादन हुने सह उत्पादन( बाइ प्रडक्ट) जैविकडिजेल,जैविक प्लास्टिक र प्राङ्गारिक मलखाद जस्तो झन् मूल्यावन हुनेछ ।
त्यसो भए पर्यावरण संरक्षण गर्ने योद्धाहरूले पृथ्वीलाई बचाउन ब्ल्याक सोल्जर फ्लाइज र फिल्ड क्रिकेट नाम गरेका किरा खान तयार रहेका छन् त ? केइप टाउनको एक कम्पनीले तपाईले आफ्नो भोजन राख्ने भाँडो पनि खानु हुन्छ भनेको छ ।विषालु प्लास्टिक र पोलिस्ट्रिनजस्तो भोजनको भाँडोको ठाउँमा वातावरण मैत्री वैकल्पिक भाँडोको रूपमा मन्चबाउल हो । १५ महिनासम्म भण्डार गरी राख्न सकिने आफै नस्ट भएर जाने गहुँबाट बनेका यी भाँडा शाकाहारी पनि हुन्छ ।
ठीक यहिबेला वातावरणविदहरूले यो समग्र प्याकेज २०२०मा ल्याउन चाहेका छन् । यसका लागि बालीमा रहेको अवानी कम्पनीले खानयोग्य झोला बनाएको छ । यो झोला कासाभाको जराको तन्तु र अन्य प्राकृतिक लेदो (रेजिन्स) बाट बनेका छन् । यो ३देखि ६ महिनामा टुक्रिने र यो घुलनशील हुन्छ वा खान सकिन्छ ।
जब भोजनले मरिहाल्ने आत्मघाती विचार ल्याउँछ त्यतिखेर गाँजा भाँगबाट बनेका खानेकुरा किन न खाने ? गाँजा भाँगको वैध र अवैध विश्व बजार १ खर्ब ५० अर्ब अमेरिकी डलरको रहेको र ट्वेन्टी ट्वेन्टीमा यो बजार अझ धेरै विस्तार हुने देखिएको छ । बजार अनुसन्धान कम्पनीहरूका अनुसार यस्ता वस्तुबाट बन्ने वस्तुको बजार दुई तीन वर्षमा बढने र नयाँ नयाँ वस्तुको निर्माण हुनेछ ।
गाँजा र भांगका उत्पादनहरूको सकारात्मक प्रयोग बारे अहिले टिभी कार्यक्रम र सेलिब्रेटीको बहस छलफललाई प्राथमिकता दिरहेका छन् । यस्ता वस्तुको विद्यार्थीहरूमा गरिने नकारात्मक प्रयोगलाई हटाइ यसलाई समाजिकरूपमा अझ बढी स्वीकार्य बनाइन प्रयास भइरहेका छन् ।
गाँजा भाँगको दीगो उत्पादन र वस्तुको निर्माणमा केही अमेरिकी कम्पनी सक्रिय रहेका छन् ।
उनीहरूले यसको वातावरण मैत्री उत्पादन विधिको प्रयोगबारे विचार गरिरहेका छन् । विरूवालाई माया गर्ने वातावरण संरक्षक योद्धाहरू यसबाट सन्तुष्ट हुने गरी यसमा विचार भइरहेको छ । आगामी दिन यी विषयहरूको प्रयोग मानिसहरूको सांस्कृतिक व्यवहारमा समग्रतामा नभएपनि केही न केही व्यवहार आउँदा दिनमा हुनेमा शंका भने नभएको मार्टिनको भनाइ रहेको छ ।
प्रतिक्रिया