मगजको गतिविध बुझ्ने नयाँ मोडलको विकास

मगजको गतिविध बुझ्ने नयाँ मोडलको विकास

काठमाडौ । मानिसको मगजले गर्ने जटिल गतिविधिलाई बुझ्न अनुसन्धानकर्ताहरूले मगजजस्तै एक नेटवर्कको विकास गरेका छन् । उनीहरूले अतिसाना मसिना धातुको तारबाट यो नेटवर्कको विकास गरेका हुन् । यो उन्नत विकासले मानिसको मगजले गर्ने विषयगत गणना प्रक्रियालाई बुझ्न नयाँ बाटो पहिल्याउन सक्नेछ ।

यो अध्ययन साइनटिफिक रिपोटर्स नामक जरनलमा प्रकाशित भएको छ । मानिसको स्मरण, सिकाइ र विस्मरणजस्ता प्रक्रिया बुझन् मानव मगजको विद्युतीय गतिविधिलाई यो नेटवर्कले सक्रिय पार्छ । जापानको द नेशनल इन्स्टिच्युट फर म्याटेरियल साइन्सका विज्ञसमेत समावेश भएका अनुसन्धानकर्ताहरूले यो मोडल प्रभावशाली हुने विश्वास व्यक्त गरेका छन् । मगजको गतिविधिबारे बाँकी रहेका जवाफ यो मोडलबाट प्राप्त हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

मानिसको मगजजस्तै धातुका साना मसिना तारहरूको प्रयोग गरी यो नयाँ मोडलको नेटवर्क तयार गरिएको छ ।मगजका साना मसिना केशिकाहरूले गर्ने क्रियाकलापजस्तै यो नेटवर्कका ती धातुका साना मसिना तारहरूले काम गर्नेछ ।