नेकपाको केन्द्रीय कमिटी बैठक माघ १५ गते हुने
काठमाडौं, २० पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक माघ १५ गते हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो। यसअघि केन्द्रीय कमिटि बैठक पुस २३ गतेदेखि बस्ने भनिएको थियो ।
राष्ट्रिय सभाको निर्वाचन तयारीमा जुट्नु पर्ने भएकाले बैठक सारिएको नेकपा स्रोतले जनाएको छ ।
प्रतिक्रिया