बैंकबाट एक करोड लुट्ने दीपक नेपाल तीन महिना पछि पक्राउ

बैंकबाट एक करोड लुट्ने दीपक नेपाल तीन महिना पछि पक्राउ

काठमाडौं, २० पुस । गएको असोज ८ गते कृषि विकास बैंकको सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर लुटेको एक करोड रुपैयाँसहित फरार रहेका दिपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

फरार अभियुक्त नेपाललाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीको लागि आइतबार काठमाण्डौ जिल्ला अदालतमा पठाएको छ।