ईरानमा १८० यात्रु बोकेको हवाई जहाज दुर्घटना

ईरानमा १८० यात्रु बोकेको हवाई जहाज दुर्घटना

ईरान, २३ पुस । ईरानको राजधानी तेहरानमा एक सय ८० जना यात्रु बोकेको हवाई जहाज दुर्घटना भएको छ । 

हवाई जहाजको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ । तर यो दुर्घटनालाई लिएर अमेरिका–ईरानबीचको तनावलाई पनि जोडिएको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सको बोइङ्ग ७३७ विमान ईरानको इमाम खामेनेई विमानस्थलमा उडान भरिसकेपछि दुर्घटनाग्रत भएको हो । 

उद्धारकर्ता टोलीलाई हवाई जहाज दुर्घटना भएको ठाउँमा पठाइएको छ । ईरानको आपतकालीन सेवाका प्रमुख पीरहुसैन कुलीवन्दले समाचार एजेन्सी रोयटर्सलाई भने, ुहवाई जहाजमा आगलागी भएको छ, सायद हामी केही यात्रीलाई बचाउन सक्छौँ ।ु