भारतलाई नचेताए अफगानिस्तानको शान्तिवार्तामा खलल पुग्ने अमेरिकालाई पाकिस्तानको चेतावनी

 भारतलाई नचेताए अफगानिस्तानको शान्तिवार्तामा खलल पुग्ने अमेरिकालाई पाकिस्तानको चेतावनी

भारतलाई नचेताए अफगानिस्तानको शान्तिवार्तामा खलल पुग्ने पाकिस्तानले अमेरिकालाई चेतावनी दिएको छ । 

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई टेलिफोन गरी यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकाले अफगानिस्तानमा त्यहाँको तलिबान बिद्रोहीसँग हालै अमेरिकाले शान्ति वार्तालाई अगाडि बढाएको छ । भारत तिम्रो मित्र भएको भन्दै अमेरिकाले पाकिस्तान विरूद्ध आक्रामक हाउभाउ देखाइरहेको भारतलाई नरोके त्यसको असर शान्तिवार्तामा पर्न सक्ने चेतावनी कुरेसीले पोम्पेओलाई दिएका हुन् ।

उनले भने “भारतको आक्रामक रवैयाले संयुक्त शान्ति प्रयासलाई असर पार्छ ।”

अमेरिकी अधिकारीहरू तलिबानी नेताहरूसँग कतारमा वार्ता गररहेका बेला कुरेसीको यो टिप्पणी त्यतिखेर सार्वजनिक भएको हो । 

अफगानिस्तानको तालिबान विदोहीहरूका संस्थापक नेतालाई पाकिस्तानले आफ्नो जेलबाट हालै छोडेका थिए । हालै रिहा भएका ती नेतासँग अमेरिकाका विदेशदूतले कतारमा भेटेर वार्ता गरिरहेका बेला भारतले भारत पाकिस्तानबीचको अन्तर्राष्ट्रिय नियन्त्रण रेखालाई उल्लंघन गरी पाकिस्तानी क्षेत्र भित्र त्यहाँको जैश ए मोहम्मद नामक लडाकु समूहको शिविरमा भारतले बम खसाएको जनाएपछि कुरेसीले यस्तो चेतावनी दिए ।

भारतको यो आक्रमणले त्यो शान्ति स्थापना गर्ने भइरहेको प्रयासलाई बिथोल्न सक्ने कुरेसीले पोम्पेओलाई जनाए ।

साथै उनले  भने “निर्वाचनमा राजनीतिक लाभ प्राप्त गर्न भारतले दक्षिण एसियाको शान्ति प्रयासलाई बिथोलिरहेको छ ।”

उजको जोड थियो, “पाकिस्तानले यो क्षेत्रमा शान्ति चाहेको तर आफ्नो देशको अखण्डतालाई दाउमा राखेर होइन ।”

अमेरिकाले तलिबानी विद्रोहीसँग वार्ता अगाडि बढाइरहेको र दुबै पक्षले वार्ता सकारात्मकरूपले अगाडि बढेको जनाइरहेका बेला भारतले पाकिस्तानको सीमा गएर बम खसाएको दाबी गरेको हो ।

जैश ए मोहम्मद नामक लडाकू संगठनले फेबु्रअरी १४मा काश्मिरको पुलवामामा ४० जना अर्धसैनिक बलको मृत्यु हुने गरी गरिएको आत्मघाती आक्रमण आफूले गराएको जिम्मेवारी लिएको थियो ।

भारतले त्यसको बदलामा उसको पाकिस्तानी शिविरमा बम बर्षाएको जनाएको छ । यो स्थिति पछि दुबै देशबीच युद्ध हुने अवस्था सिर्जना भएको छ । दुवै देशका नेताहरूले युद्धोन्मादी अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् ।

दुबै देशको युद्धोन्मादी अवस्थाप्रति प्रतिक्रिया जनाउँदै चीनले धैर्य गर्न आग्रह गरेको छ ।