दुर्गा प्रसाईको आरोपः चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागे

दुर्गा प्रसाईको आरोपः चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागे

काठमाण्डौ, २३ पुस । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंँले कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउन आफूसँग २० करोड रुपैयाँ घुस मागिएको आरोप लगाएका छन् ।

झापामा रहेको बीएण्डसी कलेजका सञ्चालक प्रसाईँले बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको आरोप लगाएका हुन् ।

प्रसाईँले बीएण्डसीलाई सम्बन्धन माग्दै निवेदन लिएर मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा पुगेको र गिरीले त्यही दिन बेलुकी एउटा होटलमा बोलाएर घुस मागेको दावी गरेका छन् ।