राष्ट्रिय सूचना आयोगको आयुक्तमा पत्रकार दीपक मैनाली

राष्ट्रिय सूचना आयोगको आयुक्तमा पत्रकार दीपक मैनाली

काठमाडौँ, २५ पुस । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिएका हुन् ।

आयुक्तद्वय कमला वली र दीपक मैनालीले भने प्रमुख आयुक्त गुरुङबाट शपथ लिए । उनीहरुले आजदेखि आफ्नो पाँच वर्षे कार्यभार सम्हालेका छन् ।

काभ्रे स्थायी घर भएका जनपक्षीय पत्रकार मैनाली जनादेश साप्ताहिक हुँदै पछिल्लो समय समयबद्ध साप्ताहिकमा कार्यकारी सम्पादक थिए । समयबद्ध साप्ताहिक र झिल्को डट कम परिवार आयोगका नवनियुक्त पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ ।