जेएनयुमा आक्रमणकारी महिलाको मुकुन्डो खुल्यो
काठमाडौ । केही दिन अघि नयाँ दिल्लीको जेएनयुमा भएको हमलामा मुकुन्डोधारी महिलाको फोटो भाइरल भएको थियो । सत्ताधारी भारतीय जनता पार्टीको विद्यार्थी संगठन एबीभीपीले जेएनयुमा हमला गरेको आरोप लागि रहेका बेला मुकुन्डोधारी महिलाको पहिचान पनि एबीभीपी कार्यकर्ता कोमल शर्माको रूपमा भएको छ ।
भारतको इन्डिया टुडे टीभीले यो खुलासा गरेको छ । इन्डिया टीभीको विशेष टोलीले फोटोमा देखिएकी मुकुन्डोधारीको खोजतलाश गर्दा उनी एबीभीपी कार्यकर्ता कोमल शर्मा भएको र त्यसको पहिचान गराउने व्यक्तिलाई आफ्नो पहिचान लुकाउन आग्रह गरिरहेको अडियो टेप फेला परेको जनाइएको छ ।
जनवरी ५ जेएनयुमा एक हुल आक्रमकारीहअनुहार छोपि हातमा फलामे रड र लठी लिएर प्रवेश गरेका थिए । त्यहाँ रहेका विद्यार्थी र शिक्षकमाथि हमला गरेका थिए । त्यहाँको विद्यार्थी युनियनकी अध्यक्ष आइसी घोषलगायतका विद्यार्थी घाइते भएका थिए ।
दिल्ली विश्वविद्यालय अन्तर्गतको दौलत राम कलेजमा पढने कोमल शर्मा एबीभीपी कार्यकर्ता रहेको र उनको पहिचान खुलाउँदै इन्स्टाग्राममा उनको तस्विर अडियो सहित अपलोड गरिएको छ । त्यसमा शर्मा आफ्नो पहिचान नखुलाउन आग्रह गरिरहेको सुनिनछिन् ।
प्रतिक्रिया