३ नं प्रदेशको राजधानी धुलिखेल अस्वीकृत, हेटौंडा कायम गर्न मतदान जारी

३ नं प्रदेशको राजधानी धुलिखेल अस्वीकृत, हेटौंडा कायम गर्न मतदान जारी

हेटौँडा, २७ पुस । ३ नं प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्ताव मतदानदरा अस्वीकृत भएको छ ।

प्रदेश ३ को नाम धुलिखेल राख्न विवेकशील साझा पार्टीको प्रस्ताव प्रदेशसभा बैठकले मतदानद्वारा अस्वीकृत गरेको हो । मतदान आइतबार बिहान नभएको थियो ।

प्रदेश ३ प्रदेशसभाका ११० मध्ये उपस्थित १०४  सांसद मतदाननमा सहभागी थिए । जसमा ३ जनाले मात्रै धुलिखेललाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गरेका थिए । नेकपा, कांग्रेस, नेमकिपा, राप्रपा सयुक्त र राप्रपाका सांसद भने धुलिखेल बनाउन नहुने पक्षमा उभिए ।

अहिले राजधानी हेटौंडा कायम गर्नेबारे मतदान प्रक्रिया भइरहेको छ ।