सभामुखको उम्मेदवार टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक स्थगित 

सभामुखको उम्मेदवार टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक स्थगित 

काठमाडौँ, २७ पुस । संघीय संसदको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । आइतबारका लागि बोलाइएको बैठक सुचना टाँसेर स्थगित गरिएको हो ।
सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो । 

सत्तारुढ नेकपाको शनिबारको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने आइतबारको बैठक आफैं चलाउने बताएकी थिइन् । आइतबार सभामुख उम्मेदवार चयनका लागि बालुवाटारमा भएको दुई अध्यक्षको बैठकमा उपसभामुख तुम्बाहाङ्फे सहभागी भएलगत्तै बैठक स्थगनको सुचना टाँस गरिएको हो ।