विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने 'शिवानन्द स्वामी' पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने 'शिवानन्द स्वामी' पक्राउ

काठमाडौं, २८ पुस । ठगी गरेको आरोपमा आफुलाई शिवानन्द स्वामी भन्ने दिपक भण्डारी पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले भण्डारीलाई सोमबार पक्राउ गरेको हो । 

शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वासन देखाएर रकम उठाएर विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उजुरी दिएपछि पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

भण्डारीले चेक गणतन्त्र पठाइदिन्छु भन्दै पैसा उठाएको बताइएको छ । भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् । टौदहमा उनको आश्रम समेत रहेको प्रहरीले जनाएको छ ।