दुई भारतीय लडाकू विमानलाई पाकिस्तानले मार हानी खसायो

दुई भारतीय लडाकू विमानलाई पाकिस्तानले मार हानी खसायो

पाकिस्तानी वायु सेनाको लडाकू विमानले दुई भारतीय वायु सेनाका दुई मिग विमानलाई बुधबार मार हानी खसाएको छ । पाकिस्तानको विदेश कार्यालयले यो समाचारलाई बुधबार पुष्टि गरेको छ । 

जम्मु काश्मिर क्षेत्रको पाकिस्तानी हवाइ क्षेत्रमा ती विमान फन्को मारिरहेका बेला मार हानी खसालेको जनाउँदै घटनामा तत्काल एक जनाको मृत्यु भइसकेको छ ।

विदेश कार्यालका प्रवक्ता डा. मोहम्मद फैसलले ट्विटरमा यस्तो जानकारी दिएका हुन् ।

उनले भने “यसो गर्नु देशको सुरक्षाको क्षमता र हाम्रो अधिकारको प्रदर्शन गर्नु यसको समग्र उद्देश्य रहेको छ ।”

मेजरल जनरल असिफ गफूरले पनि यो घटनाको पुष्टि गरेका छन् । भारती सेनाका विमानहरू पाकिस्तानी हवाइ क्षेत्रमा घुमिरहेकाले यसो गर्नु परेको जनाएका हुन् ।

एक विमान आजाद जम्मु काश्मिर क्षेत्रमा खसेको छ भने अर्को विमान भारतीय नियन्त्रित काश्मिरमा खसेको छ । पाकिस्तानी सेनाले भारतीय विमानका एक चालकलाई पक्राउ गरेको छ ।