‘भूत’ सरी ‘एलियन’ सँगै  !

‘भूत’ सरी ‘एलियन’ सँगै  !

भूतको अस्तित्व बोध गर्नेहरूका अनुसार भूतसँगै हिँडेको भए पनि मानिसले हेर्न पाउँदैन भनिए अनुसार वैज्ञानिकहरूले अन्तरिक्ष जन्तु ‘एलियन’ को बारेमा त्यस्तै धारणा सार्वजनिक गरेका छन् ।

मानिसहरूले अस्तित्वमा आएदेखि आकास पारि कुनै जीवजन्तु हुन सक्ने विश्वास गर्दै आएको विषय उपलब्ध मानव मानव इतिहासको अध्ययनबाट जानकारी प्राप्त हुन्छ । चन्द्रमामा मानिसले पाइला टेके यता वैज्ञानिकहरू माझ पृथ्वीको सौर्य प्रणालीभित्र वा बाहिरका अन्तरिक्ष जन्तु पृथ्वीमा आएको विषयमा अनुसन्धान बहस तीव्र बन्दै आएको हो ।

हाल केही वर्ष यतादेखि विभिन्न वैज्ञानिकहरूले एलियनको अध्ययनलाई तीव्र पार्दै आएका हुन् । उनीहरूको अध्ययन अनुसार एलियन पृथ्वीमा आएको र हामीसँग बसिरहेको हुन सक्ने देखिएको छ । 
एलियन हामीसँगै हिँडेको भए पनि हामीले हेर्न नसकेको हुन सक्छ । यो धारणासँग सहमति जनाउने वैज्ञानिकहरूको संख्या बढ्दै गएको देखिएको छ । मानिसले कुनै वस्तुको अनुभव आफ्ना पाँच ज्ञानेन्द्रीय र परम्परागत पहिचान विधिका आधारमा गर्ने गर्छ । मानिसहरूको ज्ञानेन्द्रीयहरूको पहिचान घेराबाट टाढा रहेकाले देखा पर्न नसकेको उनीहरूको तर्क रहेको छ ।

इम्पिरियल कलेज लन्डनको डिपार्टमोन्ट अफ केमेस्ट्रिका हेलेन शर्मनले जनाए अनुसार एलियन पृथ्वीमा हुन सक्ने भन्न सकिन्छ । उनले भने “तपाई हामी जस्तै एलियनहरू कार्बन र नाइट्रोजनबाट बनेका हुन सक्छन् । त्यसो नभएको हुन सक्छ तर उनीहरू ठीक हामी अगाडि उभिएको हुन सक्छन तर हामी तिनलाई देख्न सक्दैनौं ।”

शर्मन मात्रै एक्लो छैनन् । गत वर्ष अप्रिल महिनामा अक्सफोर्ड युनिभर्सिटीका डा. योङ हाइ चीले पनि एलियन पृथ्वीमा अदृश्यरूपमा बसिरहेको हुन सक्ने बताए । साथै उनले भने “सैद्धान्तिक रूपमा मानिससँग मिलेर हाइब्रिडको विकास गरेको हुन सकेका हुने छन् ।” डा. योङले यस्तै विश्वासहरूमा आधारित भएर ‘एलियन भिजिलेशन्स एन्ड दी एन्ड अफ ह्युमानिटी’ लेखेका छन् । 

सन् २०१८मा युनिभर्सिटी अफ काडिजका डां ग्याब्रियल डे ला टोरेले एक कार्यपत्र प्रकाशित गरे । उनले त्यसमा एलियन कालो वस्तुमा हुन सक्ने बताए । यो कालो वस्तु पृथ्वी समेत समग्र ब्रहमाण्डमा व्याप्त छ । त्यो कालो वस्तुलाई देख्न सकिदैन् । 
यसैगरी सन् २०१६मा कोलम्बिया युनिभर्सिटीका अस्ट्रोबायोलजि सेन्टरका डा. कालेब स्कार्फले ‘कालो वस्तुमा सबै विकसित वस्तु समाप्त हुन्छ र अधिकांश जीवन देखिन्छ’ भन्दै आलेख लेखेका थिए ।

सन् २००५देखि यता विभिन्न वैज्ञानिकहरूले एकपछि अर्को गरी यस्तो धारणा सार्वजनिक गर्दै आएका छन् ।
एलियनका बारेमा हलिउड र बलिउडबाट धेरै सिनेमाहरू बनेका छन् । पछिल्लो समयमा भारतीय चलचित्र क्षेत्रका अमिर खान अभिनित ‘पीके’ ले व्यापक लोकप्रियता हासिल गरेको पाइन्छ । समयबद्ध साप्ताहिकबाट