गाउँ गाउँमा सिंहदरबार पु-याउने बाटो खोल्दै बिजुली प्राधिकरण
काठमाडौ । सरकारले हरेक नेपालीलाई बिजुलीमा खाना पकाउने सुविधा सक्दो छिट्टो पु¥याउने पहल अगाडि बढाएको देखिएको छ । देशमा बिजुली उत्पादन भएपछि त्यसको खपतको समस्या समाधान गर्न र हरेक नेपालीले गर्ने कामको प्रयोग बिजुलीको उपकरणबाट गर्न पाउन भन्ने उद्देश्य लिएर सरकारले आफ्ना मातहतका निकायहरूलाई सक्रिय पारेको देखिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूले जनाए अनुसार अबको तीन वर्ष भित्र सबै नेपालीको घरैदलामा राष्ट्रिय प्रसारण लाइन पुग्ने छ । प्राधिकरणले यसै लक्ष्यलाई पछयाउन तीव्रगतिमा क्रियाकलाप बढाइरहेको छ । गाउँ गाउँमा बिजुली पु¥याउन सकिए गाउँ गाउँमा सिंहदरबार पु-याउन सकिने तिनीहरूको बुझाइ छ ।
बिजुलीबाट इन्टरनेट सेवाको पहुँच हरेक जनताको घरदैलामा पुगेपछि सबै सिंहदरबार धाउनुपर्ने बाध्यताको अन्त्य हुने बुझाइको रूपमा गाउँ गाउँमा सिंहदरबारको नारा दिइएको थियो ।राष्ट्रिय ग्रिडमा सबै नेपालीको पहुँच कायम गर्ने कार्यमा प्राधिकरण दत्तचित भइ लागेको तिनका अधिकारीहरूको भनाइ रहेको छ ।
राष्ट्रिय ग्रिडमा ८० प्रतिशत नेपालीको प्रत्यक्ष पहुँच रहेको र बाँकी २० प्रतिशतका लागि यो प्रयास भइरहेको छ । राष्ट्रिय ग्रिड जडान सम्भव नहुने क्षेत्रका जनताका लागि ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गरी बिजुली पु¥याउने लक्ष्य प्राधिकरणको लिएको हो ।
अहिले प्रतिव्यक्ति कम बिजुली खपत गर्ने देशको रूपमा नेपाल रहेको छ भने बिजुली धेरै उत्पादन गर्न सक्ने क्षमताको देश पनि नेपाल नै छ । त्यसैले प्राधिकारणले हरेक नेपालीको घरदैलामा बिजुली पु¥याउन सके नेपालीले बिजुलीको खपत बढाउने छन् । प्राधिकरणले ३ वर्ष भित्र प्रत्येक नेपालीको वार्षिक विद्युत खपत ७००युनिट र सन् २०३०को राष्ट्रसंघीय दीगो विकास लक्ष्यको सीमा भन्दा पहिले १५सय युनिट बिजुलीको खपत बढाउने लक्ष्य लिएको हो ।
अहिले नेपालीको प्रतिव्यक्ति बिजुली खपतको अवस्था २४५ युनिट रहेको छ । प्राधिकरणले नेपालीको भान्सा घरमा बिजुलीको प्रयोग अनिवार्य बनाउन यस्तो तीव्रता दिएर काम अगाडि बढाएको हो ।
प्रतिक्रिया