नागरिकता संशोधन कानुन विरूद्ध बोलेकाले भारतले लगायो पाम आयलमा प्रतिबन्ध

नागरिकता संशोधन कानुन विरूद्ध बोलेकाले भारतले लगायो पाम आयलमा प्रतिबन्ध

काठमाडौ । भारतको नागरिकता संशोधन कानुनको विरोधमा बोलेकाले भारतले पाम आयलमा प्रतिबन्ध लगाएको छ । भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि नेपाल लगायतका देशहरूको पाम आयालको निर्यातमा समस्या आइपरेको छ । केही दिन पहिले मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतको नागरिकता संशोधन कानुनको विरोधमा बोलेकाले पाम आयलमा भारतले प्रतिबन्ध लगाएको हो ।

मलेसियाका प्रधानमन्त्री महाथिरले भारतको नागरिकता संशोधन कानुनको विरोधमा बोलेकाले पाम आयलमा भारतले प्रतिबन्ध लगाएको  बताएका छन् । मलेसियाका प्रधानमन्त्री महाथिरले आफ्नो देशलाई वित्तीय घाटा पु¥याएको डरले गलत कुरोलाई गलत भन्न पछि नपर्ने बताएका हुन् ।
मलेसिया र भारतबीचको कुटनीतिक तनाव बढेपछि पाम आयल आयातमा भारतले रोक लगाएको हो । ९४ वर्षीय महाथिरले भने “ भारतलाई हामीले धेरै पाम आयल बेच्ने गरेका छौं । तर कुनै गलत कुरो भइरहेको विषयमा हामीले बोल्नु पर्ने बेला खुलारूपले बोल्नुपर्ने आवश्यकता छ त्यहाँ हामी बोल्नुपर्छ । ” भने “ पैसाको सम्बन्धले गर्दा गलत कार्यलाई अनुमति दिए गलतहरू  हामीबाट र अरूहरूबाट भइरहनेछन् ।”

भारत सरकारले गत साता पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो । ने । भारत पाम आयलको सबै भन्दा ठूलो आयात कर्ता हो । करिब डेढ करोड टन वनस्पति तेलको आयात भारतले गर्ने गरेको छ । ती मध्ये ९० लाख टन  पाम आयाल र बाँकी ६ टनमा सोयाबिन र सनफ्लावर तेल रहेका छन् ।

इन्डोनेसिया र मलेसिया दुई देशले मुख्यरूपमा पाम आयलको आपूर्ति गरिरहेको छ । मलेसियाले वर्षमा १ करोड ९० लाख पाम आयलको उत्पादन गरिरहेको घने इन्डोनेसिायले ४करोड ३० लाख टन  उत्पादन गर्ने गरेको व्यापार आँकडाले जनाएको छ । मलेसियाले भारतको नयाँ नागरिकता कानुन र काश्मिरको विषयमा टिप्पणी गरेको थियो । त्यसपछि भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएको हो ।