बर्षा र हिमपातको सम्भावना

 बर्षा र हिमपातको सम्भावना

काठमाण्डौ, २ माघ । आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने सम्भावना छ । 
पश्चिमी वायुको असरले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । । उनका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ ।

बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पार्ने उनले बताइन् । । तर लगातार झरीको सम्भावना भने छैन ।

आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने बताइएको छ ।