अस्पताल सञ्चालक दुर्गा प्रसाईँलाई पक्राउ गर्न अदालतको अनुमति
काठमाडौं, २ माघ । जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई अनुुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको छ ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईलाई पक्राउ गर्न अनुमति मागेको थियो । भक्तपुर प्रहरीले पक्राउ गर्ने अनुमति जिल्ला अदालतबट लिएको हो
२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । अहिले प्रसाईं फरार छन् ।
प्रतिक्रिया