ब्रेकिङ न्युजः  मन्त्री रबिन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना

ब्रेकिङ न्युजः   मन्त्री रबिन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडाको विमानस्थलको सम्भाव्यता अध्ययन गर्न काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । 

 उक्त हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो ।  मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसी थिए। 

थप विवरण आउन बाँकी छ ।