दुर्घटनाका बारेमा आपतकालीन क्याबिनेट वैठक , सबैको मृत्यु भएको आशंका 

दुर्घटनाका बारेमा आपतकालीन क्याबिनेट वैठक , सबैको मृत्यु भएको आशंका 

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको क्षेत्रमा प्रहरी परिचालन भएको छ । मन्त्रीसहित सबैको मृत्यु भएको घटनास्थलमा पुगेका एक प्रहरीले जनाए । यसबारे आधिकारिक रुपमा बताइएन ।

सबैको मनलाई नै उद्भ्रान्त पार्ने यो दुर्घटनाको बारेमा  ३ वजे आकस्मिक मन्त्रिपरिषदको बैठक बसेको छ ।

 ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर आज दुर्घटनामा परेको हो ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडाको विमानस्थलको सम्भाव्यता अध्ययन गर्न काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसी थिए।