नेकपा र कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल, जेलमा रहेका पूर्व माओवादी र सांसद रेशम चौधरी छुट्लान?
काठमाडौं, ३ माघ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका विषयमा छलफल गर्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेता छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् ।
नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा जनयुद्धका कतिपय योद्धाहरु र सांसद रेशम चौधरी अझै जेलमा रहेको स्मरण गर्दै उनीहरु चाँडै जेलमुक्त हुने उद्घोष गरेका थिए । सत्ताधारी दलका नेता र प्रमुख प्रतिपक्षी कांग्रेसबीच यदि द्धन्द्धका मुद्धाहरुको बारेमा सहमति हुन सके जेलमा रहेका सयौँ पूर्व माओवादी नेता तथा कार्यकर्ताहरु जेलमुक्त हुने छन् । त्यसैगरी जनयुद्धका क्रममा बेपत्ता भएका सयौँ योद्धाहरुको स्थिती सार्वजनिक हुने विश्वास गरिएको छ ।
लामो समयदेखि आयोगको नेतृत्वका विषयमा सहमति जुट्न नसकिरहेका बेला शीर्ष नेताहरु छलफलमा जुट्नुले आम पिडित समूदायलाई भने युद्धको घाउमा मलम लगाउने निस्चित छ । । सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरूको आयोगलाई पूर्णता दिन चासो देखाएसँगै सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सत्यतथ्य छानविनमा एक कदम अगाडि बढ्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया