अन्नपूर्ण पदमार्गमा हिमपहिरो जाँदा नेपाली गाइडसहित ९ जना पर्यटक बेपत्ता

अन्नपूर्ण पदमार्गमा हिमपहिरो जाँदा नेपाली गाइडसहित ९ जना पर्यटक बेपत्ता

आज अन्नपूर्ण पदमार्गमा हिमपहिरो गएको छ । पदमार्ग अन्तर्गत देउराली नजिकै हिउँ पहिरोमा केही पर्यटक परेका छन् । उक्त हिमपहिरोमा केही चिनियाँ र कोरियन पर्यटक परेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हिमपहिरो गएको क्षेत्रमा सञ्चार सम्पर्क हुन हुन सकिरहेको छैन । 

अन्नपूर्ण पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह उक्त हिमपहिरोमा परेको हुन्। हिमपहिरोमा पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि परेका छन्।

गाइड, पोर्टल एवं विदेशी कोरियन र चिनियाँ पर्यटक गरी ९ जना सम्पर्कबाहिर रहेको बताइको छ ।

जिल्ला प्रहरी कार्यालय र टान पोखराबाट उद्दार टोली घटनास्थलतर्फ लागिसकेको छ । दिउँसो १२ बजेतिर देउरालीनजिकै हिमपहिरोको आएको थियो । हिमपहिरो गएको क्षेत्रमा हिमपात परिरहेको र जसका कारण सञ्चार सम्पर्क नभएकोले विस्तृत विवरण आइसकेको छैन ।