पाँच जनाको शब भेटियो, पहिचान हुन बाँकी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको ठाउँमा पाँच जनाको शब भेटिएको र एक जनाको बारेमा खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए ।
हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसी रहेको जनाइएको छ ।
पाँच जनाको शब पहिचान हुने भने नसकिएको प्रवक्ता सुवेदीले झिल्कोलाई बताए ।
प्रतिक्रिया