भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाउने बाग्मती प्रदेश सरकारको चासो

भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाउने बाग्मती प्रदेश सरकारको चासो

काठमाडौ । भीमफेदी कुलेखानी सुरूङ्ग मार्ग बनाउने कार्यमा ढिलाइ भएको देखेर त्यसलाई बाग्मती प्रदेश सरकारले आफै बनाउने चासो देखाएको छ । काठमाडौ –हेटौडालाई जोड्न सक्ने यो सुरूङ्ग मार्ग बनाउन  अनुमति पाएको निजी क्षेत्रका पूर्वाधार विकास कम्पनी लिमिटेडले काम अघि बढाउन सुस्त देखिएकोले यसलाई आफै बनाउने चासो देखिएको सरोकारबालाहरूको भनाइ रहेको छ ।

बाग्मती सरकारले यो सुरूङ्ग मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम अघि बढाएको र यसको ठेक्का दिने काम यो वर्ष नै अगाडि बढाउने गरी काम अगाडि बढाएको देखिएको हो । २०६९ सालमा  शिलान्यास गरिएको यो सुरूङ्ग मार्गको काम गर्ने अनुमति पाएको सो कम्पनीले परियोजनाको  आर्थिक स्रोतको आधार नै प्रस्तुत गर्न सकेको छैन् ।  २०६९ साल वैशाखमा मन्त्रिपरिषद्ले यो परियोजनाको काम गर्ने जिम्मा सो कम्पनीलाई दिने निर्णय गरेको थियो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी–कुलेखानी सुरूङ्ग मार्ग निर्माणको डीपीआर बनाउने काम अन्तिम चरणमा रहेको जानकारी सार्वजनिक गरेका छन् । उनका अनुसार यो परियोजना बाग्मती प्रदेश सरकारको कार्यक्षेत्रमा परेको हुनाले यसका लागिे स्वीकृति आवश्यक पर्दैन् । मुख्यमन्त्रीले यसो भनिरहे पनि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडलाई यसअघि संघीय सरकारले दिएको अनुमतिपत्र कानुनी रूपमा अहिलेसम्म खारेज भएको छैन ।