चीनको एआई उद्योग दुई वर्ष भित्र ३० अर्ब डलरको हुने
काठमाडौ । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) उद्योगमा चीन द्रुतगतिमा अगाडि बढिरहेको छ । चीन सन् २०३०मा टेक्नलजिको क्षेत्रमा अगुवा देश बन्न लागेको हो । कम्प्युटर दृष्टि र भाषा पहिचानको क्षेत्रमा चीन अगाडि बढिरहेको छ । सन् २०२२सम्म चीनको यो क्षेत्रले ८ अर्ब डलरले विस्तार हुने अपेक्षा गरएको छ ।
चीनको इन्स्टिच्युट अफ इलेक्ट्रोनिक्सले गरेको अध्ययन अनुसार चीनको एआई उद्योग दुई वर्ष भित्र ३० अर्ब अमेरिकी डलर बराबरको पुग्ने छ । सन् २०१८को अन्त्यसम्म १९लाख नयाँ एआई पेशाकर्मी विश्वभर रहेको थियो । ती मध्ये आधा जति अमेरिकाका थिए ।
विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन दुबैले एआई टेक्नलजिमा गरिने लगानीमा प्रतिस्पर्धा गरिरहेका छन् । चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले सन् २०१९मा चीनका २० शहरमा एआई पाइलट क्षेत्रको विकास गर्ने प्रस्ताव गरेको थियो । यो साता गुआझु सरकारले एआईसम्बन्धी एक क्षेत्रको विकास गर्ने घोषणा ग-यो ।
प्रतिक्रिया