भारतको गणतन्त्र दिवसका प्रमुख अतिथि ब्राजिलका राष्ट्रपति

भारतको गणतन्त्र दिवसका प्रमुख अतिथि ब्राजिलका राष्ट्रपति

काठमाडौ   यो वर्ष २६ जनवरीका दिन भारतको ७१औं गतणतन्त्र दिवसको प्रमुख अतिथिको रूपमा ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारो भारतको भ्रमण गरिरहेका छन् । भारतको भ्रमण गर्ने बोल्सेनोरो ब्राजिलका तेस्रा राष्ट्रपति हुनु हुनेछ । यसअघि फर्नान्डो हेनरिक कार्डोसोले १९९६मा र लुइस इनासियो लुला डा सिल्भा २००४मा भारतको भ्रमण गरेका थिए ।

उपनिवेशवादी शासनबाट विगतमा शासित भारत र ब्राजिलबीच विभिन्न मञ्चमा दुई पक्षीय हितको साझेदारी गरी प्रतिनिधित्व गरिरहेका छन् । ब्रिक्स, बेसिक, जी २०, जी४, आइबीएसब, इन्टरनेशनल सोलर अलाइन्स र बायोफर्चुन प्लेटफर्ममा यी दुई देश रहेका छन् ।

पोर्चुगलको शासन कालमा ब्राजिल र भारतको गोवाबीच व्यापारिक सम्बन्ध थियो । यो अवधिमा गोवाले नरिवल र आँप पठाउने गर्दथ्यो भने ब्राजिलले काजु पठाउने गर्दथ्यो । यसका अतिरिक्र भारतीय वस्तु भाउ ब्राजिल पठाउने गरिएको थियो । ब्राजिल १८२२मा पोर्चुगलको उपनिवेशबाट स्वतन्त्र भयो । यी दुई देशबीच १८४७मा भारत स्वतन्त्र भएपछि  सन् १९४८मा दौत्य सम्बन्ध स्थापित भएको थियो ।

१९६१मा गोवालाई स्वतन्त्र गराउन भारतले चालेको ‘अपरेश विजय’को कदमलाई ब्राजिलले विरोध गरेयता दुई देशबीचको सम्बन्ध विकासित हुन पाएन् ।सन् १९९०मा यी दुई देशबीच आर्थिक सुधारभइ सम्बन्ध विस्तार हुन गएको हो । सन् २०१८सम्म यी दुई देशबीचको व्यापार ७.५७ अर्ब अमेरिकी डलर बराबरको बन्न पुगेको थियो ।