सभामुख छनोट गर्न बालुवाटारमा ओली-प्रचण्ड छलफल 

सभामुख छनोट गर्न बालुवाटारमा ओली-प्रचण्ड छलफल 

काठमाडौं, सभामुख चयनको विषयलाई टुंग्याउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको हो । दुई अध्यक्षबीच पछिल्ला दिन भएका छलफलहरु सकारात्मक हुँदै गएको नेताहरुको दावी छ ।

पुस ४ गते संसदको हिउँदे अधिवेशन शुरु भएको भएपनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरुद्ध हुँदै आएको छ । यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सुचना टाँसेर स्थगित भइसकेको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दावी गर्दै आइरहेकी छन्। यता अध्यक्ष प्रचण्डले सभामुखमा हरिबोल गजुरेलको नाम अघि सारेका छन् भने प्रधनमन्त्री ओलीले सुजास नेम्वाङलाई अघि सारेका छन् ।
संसदको बैठक माघ ६ गतेका लागि बोलाइएको छ।