बालुवाटारमा ओली प्रचण्ड छलफल सम्पन्न, सचिवालय बैठक साँझ ४ बजे
काठमाडौ, ५ माघ । सभामुख उम्मेदवार चयनबारे बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सम्पन्न भएको छ ।
दुई अध्यक्षबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बिहान झन्डै २ घन्टा बढी एक्लाएक्लै भेट भएको थियो।
उनीहरूको भेट सकिएपछि नेकपाले सचिवालय बैठक डाकेको एक सचिवालय सदस्यले झिल्कोलाई बताए । बैठक साँझ ४ बजेका लागि डाकिएको हो।
दुई अध्यक्षबीच भएको छलफल सकारात्मक हुँदै गएको छ ।
प्रतिक्रिया