मन्त्रीसहित सात जनाको दुर्घटनामा निधन

मन्त्रीसहित सात जनाको दुर्घटनामा निधन

ठमाण्डौ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टि भएको छ ।

दुघर्टनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया तथा उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ तथा अर्जुन घिमिरेको  निधन भएको छ । 

दुर्घटनामा परी एयर डाइनेस्टीका पाइलट प्रभाकर  केसीको पनि निधन भएको छ । सबैको मृत्यु भएको पुष्टि भएपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।  


पाथिभराबाट तेह्रथुममा रहेको चुहानडाँडा विमानस्थलको अवलोकनका लागि उडेको हेलिकप्टर पाथिभरा नजिकै  तारेभिरमा दुघर्टना भएको हो । 

एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौँबाट ताप्लेजुङ गएको थियो ।