अग्नी सापकोटालाई सभामुख बनाउने सहमति
काठमाडौं, ५ माघ । आइतबार प्रधानमन्त्री प्रचण्ड र सत्तारुढ नेकपा अध्यक्षबीच बालुवाटारमा भएको छलफलले सभामुखमा अग्नी सापकोटाको नाम सहमतिमा टुंग्याएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेपाल) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको बालुवाटार स्रोतले बतायो ।
आज साँझ ४ बजे बस्ने नकेपा सचिवालयको बैठकको बैठकले सापकोटाको नाम अनुमोदन गर्ने जनाइएको छ ।
प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका थिए । वर्तमान उपसभामुख शिवमाया तुम्बाहङ्फेले पनि सभामुख पदमा दाबी गर्दै आएकी छन् ।
प्रतिक्रिया