उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन् ।

संसदलाई सम्बोधन गर्दै आफू मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा  सदनसमक्ष बताइन् । 

यसअघि नेकपा सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

उक्त निर्णय लगत्तै प्रधानमन्त्रीसँग भेट गरेकी उनले असन्तुष्ट जनाएकी थिइन् । भेटमा प्रधानमन्त्रीले पार्टी एकीकरणको मनोविज्ञान र शक्तिसन्तुलनलाई ध्यान दिएर अग्नि सापकोटालाई सभामुख बनाइएको र पाटीको लागि सहयोग गर्न भनेका थिए । 

सभामुख र उपसभामुख एउटै दलले नपाउने संवैधानिक प्रावधानका कारण नेकपाको भागमा सभामुख पद सुरक्षित गर्नका लागि तुम्बाहाङ्फे पछि हट्न बाध्य बनेकी हुन्।

नेकपा सांसद शिवमाया तुम्बाहाङफे ०७४ साल चैत्र २ गते प्रतिनिधिसभामा उपसभामुख निर्वाचित भएकी थिइन् ।