पूर्व मेयर राई रहेनन्

पूर्व मेयर राई रहेनन्

६ माघ, काठमाडौं । तत्कालीन धरान नगरपालिकाका मेयर ध्यानबहादुर राईको उपचारकै सिलसिलामा आज पाटन अस्पतालमा निधन भयो । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि गठित धरान नगरपालिकाको उनी पहिलो मेयर हुन ।

क्यान्सर रोगबाट पीडित राईको यसअघि राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा उपचार भएको थियो । उक्त इन्स्टिच्युटले केही दिन अघि विदा दिएपछि राईलाई उपचारार्थ पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

धरान नगर प्रमुख छदा उनले केही देखिने लोकप्रिय काम गरेका थिए । त्यसमध्ये धरानमा भएका ऐलानी पर्ती जग्गाहरुको सुरक्षा र त्यसमा जनसहभागिता जुटाउने काम गरे । धरानमा भएको सप्तरंगी पार्क त्यसको एउटा प्रतिनिधि उदाहरण हो । यसरी नै त्यहाँ विभिन्न जातीय समुदायको साँस्कृतिक सार्वजनिक गर्ने थलो भएको छ । यस्तै किरातकालीन सभ्यताको धरोहर विजयपुर परिसरको सुरक्षा । सपिङ् मल, पुस्तकालय भवन निर्माण आधुनिक सार्वजनिक सौचालयको निर्माण आदि थुप्रै देखिने काम उनले गरे । समग्रमा उनी धरान नगरको थोरै लोकप्रिय मेयरमध्येकै एक हुन् ।

वामपन्थी विद्यार्थी राजनीतिबाट उदाएका राई अनेरास्ववियुको पूर्व नेता हुन । महाकाली सन्धि विवाददेखि नेकपा (माले) मा लागेका राई पछिल्लो समयमा समाजवादी पार्टीमा आवद्ध थिए । झिल्को परिवार राईप्रति हार्दिक श्रद्धा अर्पण गर्दछ ।