मन्त्रिपरिषद्को निर्णय : सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त
६ माघ, काठमाडौँ / मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षतामा डा। गणेश भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बालुवाटारमा बसेको बैठले दुवै आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।
पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वको सिफारिस समितिको सिफारिस अनुसार दुवै आयोगमा अध्यक्ष र सदस्यहरू नियुक्त गरिएको हो ।
मिश्र नेतृत्वको सिफारिस समितले शनिबार दुवै आयोगमा अध्यक्ष र सदस्यसहित पाँचपाँच जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो ।
ती मन्त्रीका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग सदस्यमा गोविन्द गौतम, प्रचण्डराज प्रधान,विष्णु पोखरेल र मन दाहाललाई नियुक्त गरिएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्यमा सुनिलरञ्जन सिंह, विष्णु भण्डारी,सरिता थापा मगर र गंगा अधिकारीलाई नियुक्त गरिएको छ ।
यी दुवै आयोगमा पदाधिकारी नियुक्तिसँगै द्वन्द्वकालीन् मुद्दाको छानबिन प्रक्रिया अगाडि बढ्ने भएको छ । दुवै आयोगसमबन्धी कानुन अगाडि बढाउने विषयमा पनि सत्तारुढ नेकपा र प्रतपक्षी कांग्रेसबीच शनिबार नै सहमति भएको थियो ।
प्रतिक्रिया