तीनसय बढी व्यावसायिक फर्म कारबाहीमा

तीनसय बढी व्यावसायिक फर्म कारबाहीमा


काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यो वर्ष तीन सय बढी व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले पुस मसान्तसम्म ३१० व्यावसायिक फर्मलाई कारबाही गरेको हो । यो अवधिमा विभागले ९३९ फर्ममा अनुगमन गरेको छ ।

विगभागले उपभोक्ता संरक्षण ऐन विपरीत काम गर्ने व्यवसायीलाई कसुर अनुसार कारवाही गरेको र ५ हजार देखि ३लाखसम्म जरिवाना गरिएको हो । खाद्यान्न स्टोर, सपिङ्ग सेन्टर, प्रशोधित पानी उद्योगलगायतका फर्महरूको अनुगमन गरी दोषीलाई कारबाही गरिएको अधिकारीहरूले जनाएका हुन् ।

बजार अनुगमनका क्रममा मुल्य सूची नराखेको, म्याद नाघेका सामान बिक्री, व्यवसाय दर्ता नगरेको, कमसल सामान बिक्री गरेको पाइएको विभागले जनाएको छ ।