एकीकृत जाँच भन्सार बिन्दुको ओली र मोदीद्वारा संयुक्तरूपमा उद्घाटन हुदै
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्तरूपमा प्रदेश नम्बर १मा निर्मित एकीकृत जाँच भन्सार बिन्दुको उद्घाटन गर्ने भएका छन् ।
मोरङको बुधनगरमा निर्माण सम्पन्न भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)लाई भारतीय पक्षले नेपाललाई जिम्मा लगाउने कार्यक्रम अन्तर्गत दुबै प्रधानमन्त्रीद्वारा उद्घाटन कार्यक्रम राखेको हो ।
मंगलबार भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन गरिने र त्यसपछि यो जाँच बिन्दु औपचारिकरूपमा सञ्चालनमा आउने सम्बन्धित अधिकारीहरूले जनाएका हुन् ।संघीय आयोजना कार्यान्वय इकाई मोरङका सूचना अधिकारी राजु शर्माले जनाए अनुसार दुबै प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मंगलबार संयुक्त रूपमा उद्घाटन गर्ने भएका हुन् ।
नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको एकीकृत जाँच भन्सार बिन्दुको भवन १२९ बिघा क्षेत्रफलको जग्गामा बनेको छ ।
प्रतिक्रिया