धादिङको खनियावासमा खुकुरी प्रहारबाट एकको हत्या

धादिङको खनियावासमा खुकुरी प्रहारबाट एकको हत्या

धादिङ, ८ माघ । धादिङको खनियावास गाउँपालिका ४, दार्खामा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराति घरमा बसिरहेको अवस्थामा सान्ता तामाङ र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट सान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन् । उनलाई बुधबार बिहान काठमाडौंस्थित ग्रीन सिटी अस्पताल ल्याइएको छ । तामाङको टाउको र घाँटीमा गम्भीर चोट लागेको उनका आफन्तले बताए ।

राति घरमा बसिरहेको अवस्थामा अचानक समूहमा आएर खुकुरी र ढुंगा प्रहार गरेको पीडितका आफन्तहरूले बताए । दुई समूहको आपसी विवादपछि झडप हुँदा खुकुरी प्रहार भएको पाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

घटनामा संलग्न नेत्रावती डब्जोङ–१, मार्पाकका राम तामाङ र रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटानबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।