२०७८ बैशाखदेखि १२औँ राष्ट्रिय जनगणना हुने
काठमाडौं, ९ माघ । सरकारको केन्द्रीय तथ्यांक विभागले आगमी २०७८ वैशाखबाट १२औं राष्ट्रिय जनगणना गर्ने भएको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाका अनुसार जनगणनाका लागि यही माघको दोस्रो साताबाट प्रक्रिया अघि बढ्बने छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रिपरिषदबाट जनगणनाको प्रशासनिक मापदण्ड स्वीकृत भएको पनि बताए ।
उनले सेजको कार्यकारी जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेललाई दिइएको जानकारी दिए ।
प्रतिक्रिया