एन्फा अध्यक्षलाई झापड हान्ने सांसद दीपक मनाङे पक्राउ

एन्फा अध्यक्षलाई झापड हान्ने सांसद दीपक मनाङे पक्राउ

कास्की, ९ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गर्ने सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई प्रहरीले पक्राउ गरेको छ । उनी गण्डकी प्रदेशका प्रदेशसभा सांसद हुन् ।

अभद्र व्यबहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङे विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको लेकसाइडको होटलबाट शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।