नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्।

आज भएको निर्वाचनमा श्रेष्ठले तीन हजार चार सय ६२ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिद्वन्दी कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत पाए ।

नेकपाले गण्डकी प्रदेशमा अन्यबाट श्रेष्ठलाई उम्मेदवार बनाएको थियो। श्रेष्ठ २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा बाबुराम भट्टराईसँग  सात हजार मतान्तरले पराजित भएका थिए।