‘पासवर्ड’ खर्चिलो र खतरनाक
काठमाडौ ।कम्प्युटर वा सुचना प्रविधिको उपकरणमा पहुँच कायम गर्न प्रयोग गरिने पासवर्ड खर्चिलो र खतरनाक भएको यस क्षेत्रका विज्ञहरूले बताएका छन् ।यसका विज्ञहरूले पासवर्डको प्रयोग हटाएमा अर्थतन्त्रमा हुने लागत र यसक्षेत्रकोे डेटा चोर्न गरिने साइबर अट्टयाकको सम्भावान झण्डै समाप्त पार्न सनिे विश्वास गरेका छन् ।
यसका लागि पासवर्ड बिनाको प्रमाणिकरण प्रणालीको विकास गर्नुपर्ने हुन्छ । यो कम्प्युटर प्रणाली वा डिभाइसमा उपभोक्ता वा युजरको पहिचान गरिने प्रविधिको रूपमा पासवर्डको प्रयोग गरिन्छ ।
अहिले बायो मेट्रिक विधिको पहिचान विधिको विकास गरिएको छ । त्यो भनेको मानिसको औंलाका छाप वा मानिसको अनुहारको पहिचान गर्ने विधिको रूपमा बुझिन्छ । यो बायोमेट्रिक पहिचान डिभाइसमा भएपछि युजरका अन्य जानकारी आवश्यक हुँदैन् । यसो नहुँदा डेटा चोर्ने ह्याकरलाई चाहिने बाटो बन्द हुन्छ ।
अर्को तर्फ हालै सार्वजनिक एक सर्वेक्षणले कामदार कर्मचारीहरूद्वारा पासवर्ड व्यवस्थित गर्न गरिने समय वर्सेनी १० घन्टा खर्च गर्दा १५००० कामदार भएका कम्पनीको लागि बर्सेनी ५० लाख अमेरिकी डलर भन्दा बढीको खर्च हुने गरेको देखाउँछ ।
द वल्र्ड इकोनोमिक फोरम र फिडो अलाइन्सले गरेको अध्ययनबाट यस्तो जानकारी सार्वजनिक भएको हो । यस्ता कम्पनीको आइटी क्षेत्र व्यवस्थापन गर्ने कर्मचारीले औसत अढाइ महिना आन्तरिक पासर्ववर्ड मिलाउन नै खर्चनु पर्ने हुन्छ ।
यो भन्नुको अर्थ पासवर्ड राख्न र मिलाउन गरिने काम रिसेट गर्न यो खर्च प्रति पासवर्ड खर्च ७० अमेरिकी डलरसम्म हुने गरेको अध्ययन अनुसार पासवर्ड रिसेट गर्न हेल्डडेस्क लागत वार्षिक १०लाख अमेरिकी डलर भएको पाइन्छ ।
विश्व व्यापी साइबर जोखिमको अवस्था हेर्दा ५ मध्ये ४ साइबर आक्रमण कमजोर पासवर्ड वा चोरिएका पासवर्ड बाट हुने गरेको पाइएको छ । यो औसत लागत ३९ लाख २० हजार अमेरिकी डलर बराबर छ । पासवर्डबाट अपराधीहरूलाई चोर्ने बाटो बन्द भए कम्पनीको लागत घटने र मुनाफा बढने गरी प्रभाव पार्न सकिने देखिन्छ ।
यस विषयमा फिडो अलाइन्स र द वल्र्ड इकोनोमिक फोरमले एकआपसमा समन्वय गरी पासवर्डको प्रयोग हटाउने सम्बन्धमा एक श्वेतपत्र जारी गरेका छन् । यो श्वेतपत्र ‘पासवर्डलेस अथेन्टिकेशनः द नेक्स्ट ब्रेथथ्रु इन सिक्योर डिजिटल ट्रान्सफोर्मेशन ’ शीर्षकमा जारी गरिएको छ । पासवर्ड चोर्नेहरूले यसको कालो व्यापार गर्नेबजारमा बैंक र सोसल मिडियामा पहुँच कायम गर्न लगिन अकाउन्टहरू कम्तीमा ७ डलरमा बिक्री हुने गरको पाइएको छ ।
यो साइबर आक्रमणका लागि प्रयोग गरिन्छ। त्यसैले पासवर्ड खर्चिलो र खतरनाक भएको भन्दै सरकारी र निजी क्षेत्रलाई अब प्रयोग नगर्न आह्वान गरिएको छ । यसको ठाउँमा बायोमेट्रिक जस्ता विधिको प्रयोग गर्न भनिएको छ ।
प्रतिक्रिया