सुनको भाउ बढ्यो, तोलाको ७५ हजार २ सय 

सुनको भाउ बढ्यो, तोलाको ७५ हजार २ सय 

काठमाडौं। सुनको मूल्य तोलामा २ सय रूपैयाँ बढेर प्रतितोला ७५ हजार २ सय रूपैयाँमा कारोबार भएको छ।  बिहिबार सुन प्रतितोला ७५ हजारमा कारोबार भएको थियो।

सुक्रबार तेजाबी सुनको मूल्य प्रतितोलामा ७४ हजार ९ सय रूपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रूपैयाँ नै रहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

भाउ बढ्नुमा अमेरिका र इरानबीच जारी विवाद नै प्रमुख हो । अमेरिका र इरानबीच विवाद सुरू भएसँगै अस्थिरता देखिएको सुनको अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर हुन सकेको छैन। इरान र अमेरिका बीच जारी विवाद मात्रै नभइ अन्य मुलुकहरूसँग पनि अमेरिकाको व्यापारिक युद्ध पनि कारक भएको व्यवसायी बताउँछन्।

सुनचाँदी ब्यवसायीहरुका अनुसार उपभोक्ताले नयाँ सुन खरिद गर्नु भन्दा पुरानै सुनको प्रयोग गरिरहेका छन्। हाल बजारमा दैनिक १० केजी मात्रै सुनको माग भएको उनले बताए।