सभामुखका उम्मेदवार अग्नी सापकोटा बिरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, १० माघ । सभामुखका उम्मेदवार अग्नि सापकोटा बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनलाई तत्काल पक्राउ गर्न र सभामुख बनाउन नहुने मागसहित अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।
द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गरेका हुन्।
उनले रिटमा सापकोटलाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, उनलाई पक्राउ गर्न, उक्त मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्न माग गरेको सर्वोच्च श्रोतले जनाएको छ ।
प्रतिक्रिया