दीपक मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने मिलन गुरुङ पक्राउ

दीपक मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने मिलन गुरुङ पक्राउ

कास्की । कास्की प्रदेश सांसद दीपक मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् ।

उनीविरुद्ध परेको बैंकिङ कसूरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । मिलनलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरिएको हो ।