देशको हितमा हुनेगरी एमसीसी अघि बढाइन्छ : प्रचण्ड

देशको हितमा हुनेगरी एमसीसी अघि बढाइन्छ : प्रचण्ड

नवलपरासी, १० माघ । सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग एमसीसीका बारेमा सरकारले पुनः संवाद गरेर त्यसलाई देशको हितमा हुनेगरी अघि बढाइने बताएका छन् । नेपालले सुरु गर्ने एमसीसी सम्झौता संसदमा पेस गर्नुपूर्व परिमार्जन गर्नुपर्ने देखिए त्यसलाई सोही अनुरुप टुंगो लगाइने बताए । 

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष दाहालले पार्टी एकिकरणका मूलभूत काम सकिएको जानकारी दिँदै बाँकी रहेका केही काम प्रसंग र सामन्जस्यता चाँडो टुंगो लगाइने बताए ।

राष्ट्रिय सभाको निर्वाचन परिणामले नेकपा देशकै ठूलो र शक्तिशाली पार्टी भएको पनि उनले बताए।